अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘मायाको रातो रुमाल’ सार्वजनिक

अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘मायाको रातो रुमाल’ सार्वजनिक

कहिरन समाचार

गायिका अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘मायाको रातो रुमाल’ सार्वजनिक भएको छ । ज्योती प्रकाशको संगीत, चन्द्र भट्टचनको शब्द रहेको गीतमा विष्णु अधिकारीको एरेन्ज छ ।
गीतको भिडियो अभिनेत्री वर्षा सिवाकोटी र अस्तित्व भट्टचनको रोमान्स देख्न सकिन्छ । गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । वर्षा र अस्तित्वको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भिडियो रोचक बनेको छ ।

भिडियोको कोरियोग्राफी सुबोल थापाले गरेका हुन् । जसमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।