गायक अनिश श्रेष्ठको नयाँ गीत ‘नरिसाउन’ सार्वजनिक

गायक अनिश श्रेष्ठको नयाँ गीत ‘नरिसाउन’ सार्वजनिक

कहिरन समाचार

गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘नरिसाउन’ सार्वजनिक भएको छ । विश्व रङ्गमञ्च दिवसको अवसर पारेर सार्वजनिक गीतमा गायक श्रेष्ठकै शब्द तथा आयुष प्रधानको सङ्गीत छ ।

गीतको भिडियोमा भुवन सिंह राई, सारा राई, इशिका जबेगु, रोशनी स्याङ्ग्बो, सरोज खालिङ्ग, नोगेन लिम्बु, मोहन सुनुवार, पिंकी घिसिङ्ग, सुवाश लामाको अभिनय रहेको छ । भिडियोमा रङ्गमञ्चको कथा प्रस्तुत गरिएको छ । त्यसमा अभिनय गर्ने युवा युवतीको भावना देखाउन खोजिएको छ ।

भिडियोका छायाकार, सम्पादक तथा निर्देशक किरण राई हुन् । भिडियोमा भुमिषा प्रोडक्सनको अफिसियल च्यानल मार्फत बाहिर आएको हो ।