नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली

कहिरन समाचार

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली चयन भएका छन् । समाजको शनिबार सम्पन्न १५ औँ महाधिवेशनमा उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

महाधिवेशनबाट समाजको उपाध्यक्षमा सुभाष गजुरेल, दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह कोषाध्यक्ष राज बस्न्यात छानिएका छन् ।

त्यस्तै सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सब केसी, अमृतमान महर्जन र  सह सदस्यमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ छानिएका छन् ।