७७ वटै जिल्लामा पुग्यो पाठ्यपुस्तक

७७ वटै जिल्लामा पुग्यो पाठ्यपुस्तक

कहिरन समाचार

काठमाडौँ । सरकारले सबै जिल्लामा नयाँ शैक्षिक सत्रको लागि समयमै पाठ्यपुस्तक पुर्‍याएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले छापिएका सबै पुस्तक सम्बन्धित ठाउँमा पुगिसकेको जानकारी दिए । उनका अनुसार २०८० को शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान पुस्तक छापिएको छ ।

उनले छापिएका पुस्तक जनक शिक्षाको ७ वटै प्रदेशमा पुर्‍याएर बिक्री वितरण गरेको जानकारी दिए ।

जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा छन् ।

त्यसैगरी लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्ज छन् । ती कार्यालयबाट पुस्तक वितरण भएको उनले बताए ।