कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

कहिरन समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । शनिबार बसेको बैठकको निर्णयअनुसार आज आइतबार बिहान ७ बजेदेखि साढे ८ बजेसम्म विद्यार्थीहरु मनोनयन दर्ता गर्न नआएपछि सवै विद्यार्थी संगठनको सहमतिमा चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत सुरेश पोखरेलले आइतबार सुचना प्रकाशित गर्दै आजको निर्वाचन प्रक्रिया स्थगित गरी पुन सर्वपक्षीय सहमतिको आधारमा नयाँ कार्यतालिनका प्रकाशन गर्ने जनाएका छन् ।   कोटेश्वरसहित उपत्यकाका आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा पनि निर्वाचन प्रक्रिया अबरुद्ध भएको छ ।