भोजपुरका स्थानीयको लागि आइपिओ निष्कासन गर्दै इष्टर्न हाइड्रोपावर

भोजपुरका स्थानीयको लागि आइपिओ निष्कासन गर्दै इष्टर्न हाइड्रोपावर

कहिरन समाचार

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रकाबासिन्दाहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीको उक्त आइपिओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरूले आवेदन दिने सक्नेछन्।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो।

आवेदकले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा असोज ५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त आइपिओमा केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदकले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धकसँगै आवेदकले नेपाल धितोपत्र बोर्डबाट सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा तिनको शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्।