अपर हेवाखोलाको सेयर कारोबार खुला

अपर हेवाखोलाको सेयर कारोबार खुला

कहिरन समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपर हेवाखोला हाइड्रोपावरको सेयर कारोबार आज (बिहीबार) देखि खुला भएको छ।

स्पेसल प्रि-ओपन सेसनमा अपर हेवाखोलाको पहिलो कारोबार १३० रुपैयाँ २० पैसामा खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।

‘युएचइडब्लुए’ संकेतमा कम्पनीको कारोबार खुला भएको छ। कम्पनीको ५० लाख कित्ता सेयर बुधबार सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको १५ लाख कित्ता, आयोजना प्रभावितलाई निष्कासन गरेको ५ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको ३० लाख बराबरको सेयर नेप्सेमा सूचीकृत गराएको थियो।

कम्पनीले पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको मूल्य रेञ्ज पाएको थियो। सोही रेन्जभित्र रहेर पहिलो कारोबार खुला भएको हो।