आज बढ्यो डलर र युरोको भाउ

आज बढ्यो डलर र युरोको भाउ

कहिरन समाचार

बुधबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५५ पैसा थियो। यो मूल्य अघिल्लो दिनको ३१ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ९२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५६ पैसा पाइन्छ।

मंगलबार युरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ७५ पैसा बढेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७२ पैसा र बिक्रीमा ९८ रुपैयाँ १६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १ पैसा र बिक्रीमा ३६ रुपैयाँ १८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ९० पैसा र बिक्रीमा ३० रुपैयाँ ४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ७८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८० पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३९ पैसा तोकिएको छ।