मेगा बैंकको लाभांश घोषणा

मेगा बैंकको लाभांश घोषणा

कहिरन समाचार

मेगा बैंकले गत वर्षको नाफाबाट सेयर धनीहरूलाई ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश गरी कुल ७.८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

उक्त प्रस्ताव नियामक राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।

गत वर्ष मेगा बैंकले १२.०७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।