यातायात विभागले चुनावभर सवारी लाइसेन्स आवेदन बन्द हुने बताए

यातायात विभागले चुनावभर सवारी लाइसेन्स आवेदन बन्द हुने बताए

कहिरन समाचार

यातायात व्यवस्था विभागले चुनावभर सवारी लाइसेन्स आवेदन बन्द हुने बताएको छ।

मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने भएको हो।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको छ।

मंसिर १ गतेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले जानकारी दिएको छ।