कति पुग्यो अष्ट्रेलियन डलर र रिंगिटको भाउ

कति पुग्यो अष्ट्रेलियन डलर र रिंगिटको भाउ

कहिरन समाचार

नेपाल राष्ट्र बैंकले सोबारको विनिमय दर सार्वजनिक गरेको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३५ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रुपैयाँ ४३ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ३ पैसा र बिक्रीमा ४१३ रुपैयाँ ९९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३३७ रुपैयाँ १६ पैसा तोकिएको छ।