डलरको मूल्य अहिलेसम्मकै उच्च

डलरको मूल्य अहिलेसम्मकै उच्च

कहिरन समाचार

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ।   डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ ८६ पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।