१२ सयले घट्यो सुनको मूल्य

१२ सयले घट्यो सुनको मूल्य

कहिरन समाचार

यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १२ सयले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो । जुन, साताभरमा तोलामा १२ सयले बढेर ९३ हजार रुपैयाँ कायम भएको छ । यो साता सोमबार सुनको मूल्य स्थिर थियो । यस्तै मंगलबार ४०० ले घटेको थियो भने बुधबार २०० रुपैयाँले बढेको थियो ।

यसैगरी बिहीबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको थियो । यस्तै शुक्रबार प्रतितोला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो । यसैगरी यो साता चाँदीको मूल्य भने स्थिर कायम छ । गत साताको शुक्रबार तोलामा ११ सय ७० रुपैयाँ कायम रहेको चाँदीको मूल्य हिजो शुक्रबार पनि यही कायम छ ।