सानिमा बैंकको दसैं-तिहारमा छुटको योजना

सानिमा बैंकको दसैं-तिहारमा छुटको योजना

कहिरन समाचार

दसैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्युआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकहरूलाई १० प्रतिशत वा अधिकतम एक सय रूपैयाँ सम्मको छुट प्रादन हुने भएको छ।

यो योजना २०७९ आसोज १६ गतेदेखि २२ गते र कार्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरूमा मात्र लागू हुनेछ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालिन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा छन्।