आज डलरको भाउ अहिलेसम्मकै उच्च

आज डलरको भाउ अहिलेसम्मकै उच्च

कहिरन समाचार

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ २० पैसा र बिक्री दर १२६ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।