अरुण कावेली पावरले लाभांश घोषणा गर्‍यो

अरुण कावेली पावरले लाभांश घोषणा गर्‍यो

कहिरन समाचार

अरुण कावेली पावरले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट सेयरधनीलाई लाभांश  वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो।

बोनसमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने छ।

कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी १२औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।

बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४ करोड ७ लाख ३१ हजार ५५० रुपैयाँ पुग्नेछ।