श्रृजनशील लघुवित्तको आइपिओ बाँडफाँट

श्रृजनशील लघुवित्तको आइपिओ बाँडफाँट

कहिरन समाचार

श्रृजनशील लघुवित्तको आइपिओ सोमबार बिहान बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ३६ हजार ८५९ जनाले १० कित्ताको दरले सेयर पाएका छन्। बाँकी आवेदकको हात खाली भएको छ।

उक्त आइपिओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकोमा १ हजार ३१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

कम्पनीले भदौ १५ गतेबाट १९ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आइपिओ निष्कासन गरेको हो।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गरेको छ।

जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ।

यी बाहेक ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि भने सर्वसाधारणमा बिक्रीमा आएको हो।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।