नेपालमा लगानीका लागि विदेशी चाहना बढेको छ : अर्थमन्त्री महत

नेपालमा लगानीका लागि विदेशी चाहना बढेको छ : अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा शुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताएका हुन् ।

अर्थमन्त्री महतले अहिले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दाबी गरे । अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए ।

सरकारले आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्दै छ । लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी भइरहेको पनि मन्त्री महतले बताए ।