घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

कहिरन समाचार

आज नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । लगातार तेस्रो दिनसम्म बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १००० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ कायम रहेको जनाएको थियो । जुन, आज १५ रुपैयाँले घटेर तोलामा ११ सय १० रुपैयाँ कायम भएको हो ।