राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

कहिरन

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ ०३ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ४४ पैसा र बिक्रीमा ९० रूपैयाँ ८५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ९० पैसा र बिक्रीमा २९ रूपैयाँ ०३ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसा तोकिएको छ।