मिर्मिरे लघुवित्तले घोषणा गर्‍यो लाभांश

मिर्मिरे लघुवित्तले घोषणा गर्‍यो लाभांश

कहिरन

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले करसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कमपनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने कम्पनीले कम्पनीले २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ भने नगदमा जोड दिएको छ।