खप्तड लघुवित्तको आइपिओ बाँडफाँट

खप्तड लघुवित्तको आइपिओ बाँडफाँट

कहिरन समाचार

खप्तड लघुवित्तको आइपिओ सोमबार बिहान बाँडफाँट भएको छ।

बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १२ हजार ३४० जनाले १० कित्ताको दरले सेयर पाएका छन्। बाँकी आवेदकको हात खाली भएको छ।

उक्त आइपिओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो। जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ।

यो आइपिओमा रितपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई सहभागी गराएर सेयर बाँडफाँट गरिएको हो।

कम्पनीले भदौ ८ गतेबाट १२ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी चार करोड रुपैयाँको प्रतिसेयर एक सय अंकित दरका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो।

निष्कासन गरिएको कुल कित्तामध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ।

यी बाहेक १ लाख २३ हजार ४०० कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा आएको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् ।

साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।