सात दिनपछि शेयर बजारमा झिनो सुधार

सात दिनपछि शेयर बजारमा झिनो सुधार


काठमाडौं । शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । लगातार ७ दिन ओरालो लागेको बजारमा आज भने झिनो अकंले बजारमा सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.३३ अंकले बढेर नेप्से परिसूचक १८४१.०४ अंकमा पुगेको छ ।

आज २९३ कम्पनीका ३७ लाख ५५ हजार १ सय २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३ सय ८२.७८ रुपियाँ बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने सिंगटी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.१३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड ३४ लाख ४९ हजार १७.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।