मुक्तिनाथ कृषि कम्पनीको ८ वटा सहायक कम्पनी सहित चौथो वार्षिक उत्सव

मुक्तिनाथ कृषि कम्पनीको ८ वटा सहायक कम्पनी सहित चौथो वार्षिक उत्सव

कहिरन समाचार

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्ष सहित एकैपटक मुक्तिनाथ सिड बैङ्क लि., मुक्तिनाथ फर्टिलाईजर बैङ्क लि., मुक्तिनाथ नर्सरी बैङ्क लि., मुक्तिनाथ लाईभस्टक बैङ्क लि., मुक्तिनाथ हर्बल बैङ्क लि., मुक्तिनाथ फूड बैङ्क लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. गरी ८ (आठ) वटा सहायक कम्पनीहरुको औपचारिक समुद्घाटन गरेको छ ।

देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र  बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।