नेप्सेको सिस्टममा समस्या

नेप्सेको सिस्टममा समस्या

कहिरन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टममा समस्या देखिएको छ। जसको कारण बुधबार ११ बजेपछि पनि सेयर कारोबार खुल्न सकेको छैन।

आज प्री–ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो।

समस्या समाधान नहुँदा नियमित कारोबार खुल्न सकेको छैन जसका कारण लगानीकर्ताहरूले पनि कारोबार गर्न  पाएका छैनन्।

प्राविधिक समस्याका कारण सेयर कारोबार हुन नसकेको र कारोबार खुलाउन प्रयास भइरहेको नेप्सेले बताएको छ।