केन्द्रीय बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब निक्षेप संकलन

केन्द्रीय बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब निक्षेप संकलन

कहिरन

केन्द्रीय बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । एक हप्ता अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत बैंकले १० अर्ब रुपैयाँ सापट लिने भएको हो ।
मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले २०८० मंसिर ६ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।
निक्षेपको साँवा ब्याज भुक्तानी २०८० मंसिर १३ गते हुनेछ ।