हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज उड्न लागेको जहाजमा समस्या

हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज उड्न लागेको जहाजमा समस्या

कहिरन

हुम्लाको सिमिकोट विमानस्थलबाट नेपालगञ्ज उड्न लागेको जहाजमा समस्या आएको छ।

सोमबार बिहान ८ बजे ९ एनएबियू जहाजको इन्जिनमा सामान्य समस्या आएको एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

बायाँ इन्जिनमा स्टार्ट नहुने समस्या देखिएको उनले बताए।

‘इन्जिन स्टार्ट नहुने सामान्य समस्या देखिएको हो। समस्या पहिचान भएर प्राविधिक टोली बनाउन जाने तयारीमा छन्,’ उनले भने।

काठमाडौंबाट तीन जनाको प्राविधिक टोली पठाउने तयारी भइरहेको उनले बताए।

उनका अनुसार उक्त जहाजमा १४ जना यात्रु अट्छन्। स्थानीय चढेको उक्त जहाजमा समस्या देखिएपछि सबैलाई ओरालिएको थियो।

यात्रुहरूलाई भोलि राखेर पुन: उडान भर्ने तयारी रहेको उनले बताए।

‘समस्या समाधान गरेर भोलि उडान हुन्छ। स्थानीय यात्रुहरू हुनुहुन्थ्यो। अब भोलि जान चाहनेहरू कुर्नुहोला, नभए हामी पैसा फिर्ता गर्छौं,’ उनले भने।