गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितका लागि १ करोड सहयोग

गोर्खा ब्रुअरीद्वारा भूकम्प पीडितका लागि १ करोड सहयोग

कहिरन

काठमाडौँ । गोर्खा ब्रुअरी प्रा.लिले हालैका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्रीले यस चुनौतीपूर्ण समयमा स्वतःस्फूर्त रुपमा गरिएको सहयोगलाई धन्यवाद दिए ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको
बताए । उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै
आएको, विशेष गरि कोभिड महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो
सहयोग गरेको उल्लेख गरे ।