‘मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक छ’

‘मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक छ’

भीम विश्वकर्मा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् । दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने बताएका हुन् ।

गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताए । उनले सरकारको कर्तव्य मुलुकमा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भुमिका खेल्नुभएको भन्दै सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिए ।

यस्तै सत्तारुढ नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने बताए । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निराशालाई चिरोस् भन्ने अपेक्षा गरेपनि त्यसो हुन नसकेको गुनासो गरे ।

देशमा भ्रष्टाचार र अराजकता व्याप्त रहेको भन्दै उनले जनतामा निराशा पैदा भएको बताए । देशको विकास निर्माणको काम पनि ठप्प भएको बताए । सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने बताए ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताए । रास्वपाका सांसद मनिष झाले भूकम्पग्रस्त क्षेत्र बझाङमा यातायातको सरल व्यवस्था गर्न सरकारसँग माग गरे । उनले चाडपर्वको बेलामा सो क्षेत्रमा सहज वातावरण बनाइदिएर राज्य र सरकार छ भन्ने अनुभुति दिलाउनुपर्ने बताए ।