डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घट्यो

डिजेल र मट्टीतेलको मूल्य १० रुपैयाँले घट्यो

कहिरन समाचार

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि मंगलबार निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएर प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम गरिएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।