बैंकहरुले अब मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने

बैंकहरुले अब मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने

कहिरन समाचार

काठमाडौँ । बैंकहरुले अब मासिक रुपमा ऋणको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थहरुका लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै बैंकहरुलाई कर्जाको ब्याजदर मासिक रुपमा परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने भनिएको छ । हालसम्म बैंकहरुले कर्जाको ब्याजदर त्रैमासिक रुपमा कायम हुने आधार दरको आधारमा मात्रै घटबढ् गर्ने गरेका थिए ।

तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले बाधा नपर्ने केन्द्रिय बैंकले जनाएको छ ।