शेयर बजारमा दोहोरो अंकको सुधार

शेयर बजारमा दोहोरो अंकको सुधार

कहिरन समाचार

काठमाडौं । लगातार पाँच दिनदेखि घटिरहेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । कारोबार रकम भने अझै बढ्न सकेन । हिजोको तुलनामा भने केही सुधार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.७३ अंकले बढेको हो । नेप्सेका अनुसार बजार ०.६९ प्रतिशतले बढेर नेप्से परिसूचक १८६९.७३ विन्दुमा बन्द भएको छ ।

आज २७६ कम्पनीका २५ लाख ३३ हजार ७ सय १४ कित्ता शेयर किनबेच हुँदा ७३ करोड २६ लाख ८९ हजार ८ सय ११.८९ रुपियाँ बराबरको कारोबार भएको हो । हिजो ९.१८ अंकले बजार घट्दा ६२ करोड २ लाख ६६ हजार १६.८८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

बजार बढेको दिन आज एनआईबीएल ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त, सयपत्री हाइड्रो, आत्मनिर्भर लघुवित्त र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ९.८६, ९.१६, ८.३७, ८.२० र ७.२० प्रतिशतले नाफा कमाएका छन् ।यता, एनएमबि बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज नबिल बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको ४ करोड ५० लाख रुपियाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज सबै उपसूचक बढेका छन् ।