शेयर बजारमा लगातार गिरावट, कारोबार रकम पनि घट्दो

शेयर बजारमा लगातार गिरावट, कारोबार रकम पनि घट्दो

कहिरन समाचार

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार पनि शेयर बजार ओरालो झरेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० का अनुसार आज बजार ९.१८ अंकले घटेर नेप्से परिसूचक १८५७.२३ विन्दुमा ओलिएको हो ।

नेप्सेका अनुसार आज २६५ कम्पनीका २१ लख ५५ हजार ५ सय ८६ कित्ता शेयर किनबेच हुँदा ६२ करोड २ लाख ६६ हजार १६.८८ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले नाफा कमाएका छन् । उक्त्त लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ६.०९ अंकले बढेर रु ४६३.५ कायम भएको छ । दोस्रोमा श्वेतगंगा हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयर मूल्य १७.२ अकं बढेर ३२१.२ कायम भएको छ ।

त्यसैगरी एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.३५ प्रतिशतले घाटा व्यहोरेका छन् । फण्डको एकाई मूल्य रु. ७.६१ कायम भएको छ । दोस्रोमा सनराइज ब्लुचिप फण्डको एकाई मूल्य ५.१९ प्रतिशतले घटेर प्रतिइकाई मूल्य ७.३ कायम भएको छ ।

नेप्सेका अनुसार सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ । उक्त कम्पनीको ३ करोड ५ लाख ३ हजार ४ सय ९८.।३० रुपियाँ बराबरको कारोबार भएको छ । खोस्रोमा हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ ।

आज नेप्सेका १३ वटा उपसूचकमध्ये दुई वटा मात्रै बढेको छ । नेप्सेको उत्पादन तथा प्रशोधन उपसमूह ०.०१ प्रतिशत र म्युचुअल फण्ड ०.१९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा होटल तथा पर्यटन उपसमूहको १.४८ प्रतिशतले घटेको छ ।

साताको पहिलो दिन आइतबार बजार १९.११ अंकले घट्दा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७.९४ रुपियाँ बराबरको कारोबार भएको भएको थियो । हिजो मंगलबार ४.२७ अंकले बजार घट्दा ६९ करोड २२ लाख ७१ हजार ७ सय ५५.१९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार मई दिवसको बिदाका कारण बजार बन्द रहेको थियो ।