शेयर बजारका झिंनो अकंको गिरावट

शेयर बजारका झिंनो अकंको गिरावट

कहिरन समाचार

काठमाडौं । शेयर बजार मंगलबार झिंनो अकंले घटेको छ भने कारोबार रकम झनै घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.२७ अंकले घटेर नेप्से परिसुचक १८६६.४० विन्दुमा झरेको छ ।

आज २७१ कम्पनीका २३ लाख ३६ हजार ६ सय २५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७ सय ५५.१९ रुपियाँ बराबरको कारोबार भएको हो । आइतबार बजार १९.११ अंकले घट्दा ९५ करोड ४३ लाख २२ हजार ३ सय ७७.९४ रुपियाँ बराबरको कारोबार भएको भएको थियो ।

घटेको बजारमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सबैभन्दा बढी ८.२० प्रतिशतले नाफा कमाएका छन् । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३३.१० अकंले बढेर अन्तिम मूल्य रू. ४३६.९० कायम भएको छ ।

आज सबैभन्दा बढी गुमाउनेमा स्वेत गंगा हाइड्रोका लगानीकर्ता रहेका छन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४.७० प्रतिशतले घट्दा अन्तिम मूल्य रू. ३०४ कायम भएको हो । दोस्रोमा मिथिला लघुवित्त वित्तिय संस्थाको ४.५७ प्रतिशतले घटेर प्रतिकित्ता शेयरमूल्य रु. ७०० कायम भएको छ ।

आज हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २ करोड ४४ लाख ४९ हजार ८ सय ८३.४० रुपियाँ बराबरको शेयर किनबेच भएको छ । दोस्रोमा नेपाल टेलिकमको २ करोड २८ लाख ४६ हजार एक सय ७४.७ रुपियाँ बराबरको कारोबार भएको छ ।