डोल्पामा जेठ १ गतदेखि यार्सा पाटन खुला गरिने

डोल्पामा जेठ १ गतदेखि यार्सा पाटन खुला गरिने

कहिरन समाचार

काठमाडौं । डोल्पामा जेठ १ गतेबाट सम्पुर्ण यार्सा पाटन खुला हुने भएको छ ।

यार्सागुम्बा संकलनका लागि जिल्ला समन्वय समितिले फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गतेदेखि असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो ।

बहुमूल्य जडीबुटीका रूपमा लिइने यार्सागुम्बा डोल्पा जिल्लाका स्थानीयलगायत छिमेकी जिल्लाका स्थानीयको आम्दानीको स्रोत हो । प्रायः जसो स्थानीयहरू यार्सागुम्बा सङ्कलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने, घर खर्च चलाउने गर्दछन् ।

यार्सा पाटनमा यार्सा सङ्कलन गर्न जाँदा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाले पाँच सय रुपैंया, निकुञ्ज जिल्लाभित्रका बासिन्दाले दुई हजार र जिल्ला बाहिरबाट यार्सा सङ्कलन गर्न आउनेले तीन हजार रुपैंया प्रवेश शुल्क तिर्नुपर्नेछ ।