नेप्से सूचक २ हजार तल झर्यो

नेप्से सूचक २ हजार तल झर्यो

कहिरन समाचार

साताको पहिलो कारोबार दिन नेप्सेमा ३४ अंकमाथिको गिरावट भएको छ । यसदिन नेप्से सूचक ३४.४२ अंकले घटेर १९८८.२० अंकमा झरेको हो ।

यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ६.०५ अंकले घटेर ३८५.७० अंकमा झरेको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्ड बाहेकमा १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.७४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.४२ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.५९ अंकले, माइक्रोफाइनान्स समूह २.२५ प्रतिशतले, ट्रेडिङ २.५ प्रतिशत र निर्जीवन बीमा समूह २.०४ प्रतिशतले घटेको छ ।

म्युचुअल फन्डको उपसूचक भने ०.५३ प्रतिशतले बढेको छ । ३४ अंकमाथिले घटेको बजारमा आज २ अर्ब ५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।