शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

कहिरन समाचार

काठमाडौं । साताको चौथो कारोबार दिन आज शेयर बजार दोहोरो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.६८ अंकले घटेको हो ।

नेप्सेका अनुसार बजार ०.७२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९२ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.११ अंकले घटेर ३६१.५५ कायम भएको छ भने फ्लोट परिसूचक १.०१ अकंले घटेर १३२.४४ मा झरेको छ ।

आज २६४ कम्पनिका धितोपत्र २५ लाख ७१ हजार २ सय २ कित्ता २३ हजार ४२९ पटकमा ८४ करोड ७० लाख २८ हजार २ सय १९.४१ रुपियाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३.२५ प्रतिशत बढेर रू. ९२१ पुगेको छ । त्यस्तै दोस्रोमा कुमारी इक्वीटी फण्डको इकाई २.५१ प्रतिशत बढेर रू. ८.१८ पुगेको छ ।

बुधवार सबैभन्दा बढी सनराइज ब्लूचिप फण्डका इकाईधनीहरूले सर्वाधिक गुमाएका छन् । फण्डको इकाई मूल्य ९.१२ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ७.७७ मा झरेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलको शेयर मूल्य ७.११ प्रतिशत घटेर रू. ५०१.६० कायम भएको छ ।

आज सर्वाधिक शेयर कारोबारमा शिवम् सिमेन्ट्स रहेको छ । कम्पनीको रू. ७ करोड १ लाख बराबर कारोबार भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा तारागाउँ रिजेन्सी होटलको रू. ३ करोड ९० लाख बराबरको भएको हो ।

कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी लगानी समूहको परिसूचक १.३३ प्रतिशत घटेको हो ।