शेयर बजारमा झिंनो सुधार, कारोबार दुई महीनायताकै न्यून

शेयर बजारमा झिंनो सुधार, कारोबार दुई महीनायताकै न्यून

कहिरन समाचार

काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा झिंनो अकंको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २।७१ अंकले बढेर नेप्से परिसूचक १८८८.३२ विन्दुमा बन्द भएको छ ।

यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २३, फ्लोट इन्डेक्स शून्य दशमलव १८ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ६ अंक बढेका छन् ।

नेप्सेका अनुसार परिसुचक सामान्य सुधार भएपनि कारोबार रकम भने साढे दुई महीनायताकै न्यून भएको छ । गत माघ २७ गते रू. ७७ करोड बराबरको शेयर खरीदविक्री भएकोमा आज ७५ करोड रुपैँयामा झरेको छ । आज २७० धितोपत्रको २२ लाख ६० हजार ८२३ कित्ता ३३ हजार २१३ पटकमा रू. ७५ करोड १५ लाख बराबर कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ८.११ प्रतिशत वृद्धि भएर रू. ३०० पुगेको छ । त्यस्तै दोस्रोमा एनआईबिएल प्रगति फण्डको इकाई मूल्य ७.९४ प्रतिशत बढेर रू. ८.९७ पुगेको छ ।

सोमवार सबैभन्दा बढी कालिञ्चोक दर्शन लिमिटेडका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ९.६२ प्रतिशत घटेर रू. ८०३ कायम भएको छ । त्यस्तै सनराइज फोकस्ड इक्वीटी फण्डको इकाई मूल्य ८.८९ प्रतिशत घटेर रू. ८.२० कायम भएको छ ।

यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको रू. ८ करोड ८१ लाख बराबर शेयर कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. २ करोड ९९ लाख बराबर भएको छ ।

समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको १.८५ प्रतिशत घटेको हो । त्यस्तै समूहगत परिसूचक बढ्नेमा म्युचुअल फण्ड समूहको परिसूचक १.१९ प्रतिशत घटेको छ ।