शेयर बजारमा झिनो अकंको गिरावट, कारोबार पनि घट्यो

शेयर बजारमा झिनो अकंको गिरावट, कारोबार पनि घट्यो

कहिरन समाचार

काठमाडौं । कारोबारको तेस्रो दिन आज शेयर बजार झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ३.०७ अंकले घटेर नेप्से परिसूचक १९०४.९८ अंकमा झरेको छ ।

आज २६६ कम्पनीका २९ लाख ७५ हजार ९ सय २० कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख ४८ हजार १ सय ५१.८८ रुपियाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार रकम पनि घट्दै गएको छ ।

घटेको बजारमा कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले क्रमशः १० र ९.९७ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी खप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त बैंकको ५ करोड २६ लाख ३२ हजार १ सय २ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

साताको पहिलो दिन आइतबार २.८० अंकले बजार घट्दा ९७ करोड ४५ लाख ९९ हजार ६१.५१ रुपियाँ र हिजो सोमबार २३.६३ अंकले बजार घट्दा ९२ करोड ७८ हजार ५ सय ७१.१२ रुपियाँ बराबरको कारोबार भएको थियो ।