८ महिनामा वाणिज्य बैंकहरूले कमाए ४८ अर्ब ८३ करोड

८ महिनामा वाणिज्य बैंकहरूले कमाए ४८ अर्ब ८३ करोड

कहिरन समाचार

काठमाडौँ । चालू आर्थिक बर्षको आठ महीना (साउन–फागुन)मा वाणिज्य बैंकहरूले कुल रू. ४८ अर्ब ८३ करोड नाफा कमाएका छन् । जुन गत वर्ष सो अवधिमा ४६ अर्ब ८६ करोड रुपैयाँमा सीमित थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा २१ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक छ । नबिलले आठ महीनामा रू. ५ अर्ब ३२ करोड नाफा कमाएको छ । नबिलपछि ग्लोबल आइएमईले रू. ४ अर्ब ३७ करोड र एनआईसी एशियाले रू. ४ अर्ब ५ करोड नाफा आर्जन गरेको छ ।

त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले रू. ३ अर्ब ३६ करोड नाफा कमाएको छ ।

त्यस्तै २१ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंक छ । उसले समीक्षा अवधिमा रू. ४१ करोड १२ लाख नाफा कमाएको हो । त्यस्तै सनराइज बैंकले रू. १ अर्ब ८ करोड नाफा कमाएको छ ।