शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

कहिरन समाचार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार शेयर बजार दोहोरो अकंले घटेको छ । आज नेप्से परिसूचक २३.६३ अंक घटेर १९०८.०५ विन्दुमा बन्द भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा सीमित भएको छ ।

सोमबार २६७ कम्पनीका ३१ लाख ४४ हजार ५ सय ७३ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ७८ हजार ५ सय ७१.१२ रुपियाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार घटेको बजारमा आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावरका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८ र ९.९६ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी सनराइज ब्यूचिप फण्डका लगानीकर्ताहरुले ६.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

यस्तै अरुण भ्याली हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७ करोड २ लाख ४३ हजार ६ सय ४२.९० रुपियाँ बराबरको कारोबार भएको हो ।

साताको पहिलो दिन हिजो आइतबार २.८० अंकले बजार घट्दा ९७ करोड ४५ लाख ९९ हजार ६१.५१ रुपियाँ बराबरको कारोबार भएको थियो ।