शेयर बजारमा सामान्य अंकको गिरावट

शेयर बजारमा सामान्य अंकको गिरावट

कहिरन समाचार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ८.२८ अंकले घटेर नेप्से परिसूचक १८६६.७९ अंकमा ओर्लिएको छ ।

आज २६९ कम्पनीका २८ लाख ७० हजार ८ सय १९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ६ लाख ८६ हजार ९४.३३ रुपियाँ बराबरको कारोबार भएको हो ।

घटेको बजारमा आज कालिञ्चोक दर्शन लिमिटेड र सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ९.९८ र ९.९४ प्रतिशतले नाफा कमाएका छन् भने सामलिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.४३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड ९२ लाख ६ सय ७९.६० रुपियाँ बराबरको कारोबार भएको हो ।

साताको पहिलो दिन आइतबार बजार २० अंकले तल झर्दा १ अर्ब २० करोड ७१ लख २२ हजार ६००.१३ रुपियाँ, सोमबार १६.६७ अंकले बजार घट्दा ९२ करोड २ लाख ४९ हजार ११.५४ रुपियाँ, मंगलबार ५.२० अंकले बजार घट्दा ९१ करोड ७६ लाख १० हजार २ सय ९६.०४ रुपियाँ र हिजो बुधबार ८.३९ अंकले बजार बढेर ८१ करोड ६० लाख ४६ हजार ७ सय ९० रुपियाँ बराबरको कारोबार भएको थियो ।