१६.६७ अंकले घट्यो नेप्से

१६.६७ अंकले घट्यो नेप्से

कहिरन समाचार

सोमबार नेप्से परिसूचक १६.६७ अंकले घटेको छ।

यस दिन नेप्से ०.८८ प्रतिशतले घटेर १८७१.८८ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम घटेर यस दिन ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँ पुगेको छ।

यस दिन २६० वटा धितोपत्रको २८ लाख २९ हजार ४२६ कित्ता सेयर किनबेच भएको हो।

सोमबार कालिन्चोक दर्शनको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

यसदिन उक्त कम्पनीको सेयरमूल्य २३४ रुपैयाँ ४० पैसा पुगेको छ।

यस्तै, महुली घलुवित्तको सेयरमूल्य ३.१६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८१५ रुपैयाँ पुगेको छ।

यसैगरी, यसदिन ८.५ प्रभु बैंक डिवेञ्चर २०८७ को मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त डिवेञ्चरको मूल्य ८१३ रुपैयाँ ६० पैसा पुगेको छ।

यस्तै, एशियन हाइड्रोपावरको सेयरमूल्य ५.३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३९८ रुपैयाँमा झरेको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक १.२१ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र घटेको हो।

यस दिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले घटेको छ।

सोमबार नबिल बैंकको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ५८९ रुपैयाँमा ३ करोड ६२ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १.३द्द प्रतिशतले घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ६९० रुपैयाँमा २ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।