विद्युत् प्राधिकरणको स्मार्ट जडानको दोस्रो चरणको काम सुरु

विद्युत् प्राधिकरणको स्मार्ट जडानको दोस्रो चरणको काम सुरु

कहिरन समाचार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको स्मार्ट जडानको दोस्रो चरणको काम सुरु भएको छ  । पहिलो चरणको काम सकिएपछि दोस्रो चरणको काम सुरु भएको हो  ।

सामुदायिकका ५ लाखसमेत गरी करिब ५५ लाख ग्राहक रहेको प्राधिकरणले पहिलो चरणमा करिब ९८ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान सकेको प्राधिकरणले जनाएको छ ।

घरायसी ग्राहक (सिंगल फेज) मा पहिलो चरणअन्तर्गत रत्नपार्क–महाराजगन्ज वितरण केन्द्रमा ९८ हजार घरमा स्मार्ट मिटर जोडिएको छ  । यस्तै देशभर गरी थ्री फेज लाइनका करिब ७० हजार ग्राहकका पुराना मिटर हटाएर नयाँ स्मार्ट मिटर जडान गर्ने काम पनि सकिएको छ  ।

सिंगल फेज ग्राहकका लागि पहिलो चरणको काम केही समयअघि सकिएको र दोस्रो चरणका लागि नयाँ बोलपत्र आह्वानको तयारी भइरहेको प्राधिकरणले जनाएको छ । दोस्रो चरणमा देशभर करिब १ लाख ५० हजार पुराना मिटर हटाएर नयाँ थ्री फेज स्मार्ट मिटर जडान हुनेछन् ।