बागलुङको विभिन्न पाँच पालिकाले भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै

बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन्। जैमिनी, गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन्। निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ। ती मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरू गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको…