मुख्यमन्त्री लालबाबु राउतमाथि राजीनामाको दबाब

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतमाथि राजीनामाको दबाब बढ्न थालेको छ । यद्यपि उनको दल जसपा नेपाल भने यसबारे अझै अन्योलमा छ । प्रदेश सरकारको महत्वाकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाउ’ अन्तर्गत खरिद गरिएको साइकलमा अनियमितता भएको पाइएपछि मुख्यमन्त्री राउत आलोचित बनेका छन् । यो विषयलाई विपक्षी दलहरुले चुनावी एजेण्डा नै बनाउन सक्ने आकलन गरिएको छ…