दिल्ली लैजाँदै गरिएका दुई किशोरीको उद्धार, तीन जना पक्राउ

जनकपुरबाट रेल चढाएर भारतको दिल्ली लैजाँदै गरिएका दुई जना किशोरीलाई उद्धार गरिएको छ। जनकपुरधाम–जयनगर रेलमा चढाएर भारत लैजाँदै गर्दा महोत्तरी जलेश्वरकी १४ र १९ वर्षीया किशोरीलाई प्रहरीले उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ कमलानगर टोलका २६ वर्षीय रूपेशकुमार मिश्र, वडा नम्बर २३ लादोवेलका २३ वर्षीय दिलमहमद साह र महोत्तरीको मटिहानी…