सुदूरपश्चिम प्रदेश : मन्त्रिपरिषद् विस्तारमा सकस

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद विस्तारमा सकस देखिएको छ । हालसम्म मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिपरिषद रहे पनि सत्तारुढ दलहरुबिच भागबण्डाको विषय टुङ्गिन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । यसअघि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन आचारसंहिताका कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको थियो । तर, केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार प्रदेश सरकारबारे भागबण्डा नभएकै कारण सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता…