गण्डकी प्रदेश सरकारले पायो पूर्णता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट थप ३ र माओवादी केन्द्रबाट एक मन्त्री थपेका हुन् । कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा, जीतप्रकाश आले र माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । यससँगै गण्डकी प्रदेश सरकार ७ सदस्यीय भएको छ । मुख्यमन्त्री पाण्डेले यसअघि कांग्रेस र…