हर्क साम्पाङको चिठी पाएपछि हवाई नीतिविरूद्ध विमानस्थलको अध्ययन गर्न निर्देशन

सामाजिक सञ्जालमा सक्रिय रहने धरानका मेयर हर्क साम्पाङ सञ्जालबाटै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई प्रश्न सोधिरहेका हुन्छन्। प्रश्न सोध्ने मात्र होइन, धरानका लागि आवश्यक पर्ने विकास आयोजनाहरूबारे उनी सामाजिक सञ्जालबाटै मन्त्री तथा प्रधानमन्त्रीसँग अनेकौं मागसमेत राख्छन्। यसपटक पनि उनले त्यसै गरे। कात्तिक २२ गते बुधबार मेयर साम्पाङले आफ्नो फेसबुकमार्फत् एउटा पत्र सार्वजनिक गरे। उक्त पत्रमा उनले धरानमा विमानस्थल निर्माणका लागि आवश्यक पहल गरिदिन संस्कृति,…